
शुक्रवार , श्रावण ४, २०८१
रुपन्देही, ४ साउन ।
लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठक साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश सरकार अल्पमतमा परेपछि स्थगित भएको संसद आइबार बोलाइएको हो । अल्पमतमा परेपछि मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोख बहादुर महराले हालसम्म विश्वासको मत लिने वा राजीनामा दिने कुनै आधिकारिक निर्णय गरेका छैनन् । उनी निकट नेताहरुले नयाँ गठबन्धनबाट कुन दलले नेतृत्व लिने निश्चित भएपछि उनले राजीनामा दिने योजना बनाएका छन् ।
बिहीबारसम्म पनि कुनै औपचारिक निचोड नआएको उनको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशमा नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनको स्पष्ट बहुमत छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij