२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारको कार्यसम्पादन अघि बढाउनका लागि सुझाव दिन दलहरुलाई प्रधानमन्त्रीको आग्रह

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यसम्पादन अघि बढाउनका सुझाव दिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा नेकपा एमालेको सुझाव–पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुले विरोधमात्रै नभई सरकारको कार्यसम्पादन अघि बढाउनका लागि समाधानका उपायसहितको सुझाव दिन आग्रह गरेका हुन् ।

उनले सरकारलाई अघि बढाउने बिषयमा दलहरु सुझाव मूल्यवान हुने धारणा राखे । ओलीले सरकारको ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रीत रहेको धारणा पनि राखे । आगामी विक्रम सम्वत २१०० अर्थात १९ बर्षमा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने लक्ष्यका साथ अघि बढ्ने उनले बताए । 

सो क्रममा एमालेका महासचिव शंकर पोखरेलले एमालेका २८ वटा बिभागहरुबाट प्राप्त सुझावहरु प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुशासन, आर्थिक क्षेत्रको सुधार, मौलिक अधिकार स्थापीत लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिइएको बताए । 

एमालेले पार्टीले दिएका सुझावहरुको अध्ययन र कार्यान्वयनले जनतामा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको जनाएको छ ।