२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महाधिवेशनमा डा. शेखरलाई समर्थन गर्ने सुजाता कोइरालाको घोषणा

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौं, ४ साउन ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

शुक्रबार बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफूभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकाी हुन् ।

पार्टीका अग्रज आफ्ना परिवारहरुले देखेको सपना पुरा गर्ने नेतृत्वदायी भूमिका शेखर कोइरालाले लिएको भन्दै सुजाता कोइरालाले मुलुकलाई निकास एकजुट हुनै पनि उल्लेख गरिन् ।

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विगतमा केही तलमाथि भए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुनः एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे ।