२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

केन्द्रको समीकरण अनुसार नै कोशीमा सरकार बन्छ : मुख्यमन्त्री कार्की

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौं, ४ साउन । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताएका हुन् ।

सरकार पुनर्गठनका लागि नेपाली कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको उनले बताए । उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए ।

उनले प्रदेशमा मन्त्रालयको भागबण्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए ।