२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लायन्स स्टार्सद्वारा वृक्षारोपण तथा शैक्षिक सामग्री वितरण

शुक्रवार , श्रावण ४, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • तिलोत्तमा, ४ साउन ।
    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले शुक्रबार तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित श्री सत्य लक्ष्मी आधारभूत विद्यालयमा वृक्षारोपण तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा विभिन्न प्रजातीका फूलका विरुवा रोपिएको कार्यक्रम संयोजक रमेश पराजुलीले जानकारी दिए ।

    त्यस्तै विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ८० जना विद्यार्थीहरुलाई क्लबकी अध्यक्ष बिना पौडेल क्षेत्रीको बहिनीको छोरी आरुषीको जन्मदिनको अवसरमा आर्थिक सहयोग प्राप्त गरी कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक रत्ना रिजालले बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी नगरपालिकाको साप्ताहिक कार्यक्रममा ५ हजार वटा विरुवा लगाउने लक्ष्य रहेको र यो लक्ष्य प्राप्तीमा थप सहयोग पुगेको बताइन् । उनले लायन्सको अन्य सामाजिक कार्यहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।

    त्यस्तै एरिया–३ की एरिया चिफ शान्ति पाठक पाण्डेले लायन्स तिलोत्तमा स्टार्सले गरेका कार्यक्रम सराहनीय रहेको बताइन् । 

    कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का जीएसटी कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठ, एरिया–३ का चिफ शान्ति पाठक पाण्डे, वेदमूर्ति बालगुरु विष्णु कश्यप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी भुसाल, विद्यालयका प्रध्यानापक रमेश पाठक, लायन्स क्लब अफ तिलोत्तमा स्टार्सकी संस्थापक अध्यक्ष लक्ष्मी थापा लगायतले भनाइ राखेका थिए ।

    WhatsApp Image 2024-07-19 at 9.51.18 PM (2).jpeg

    लायन्स तिलोत्तमा स्टार्सकी अध्यक्ष बिना पौडेल क्षेत्रीको अध्यक्षता, क्लबका उपाध्यक्ष एवं वृक्षारोपण कार्यक्रम संयोजक रमेश कुमार पराजुलीको स्वागत, शैक्षिक सामग्री वितरण कार्यक्रम संयोजक रत्ना रिजालको धन्यवाद ज्ञापन तथा सचिव दीपा पाण्डे गौतमको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।