२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लायन्स र लियो क्लबद्वारा संयुक्त रुपमा वृक्षारोपण

शनिवार , श्रावण ५, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ५ साउन ।
    लायन्स क्लब अफ भलवारी, लियो क्लबका भलवारी, लियो क्लब अब भलवारी युथ र मोक्षधाम सेवा आश्रमले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेका छन् । शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मोक्षधाम सेवा आश्रममा कार्यक्रम गरिएको लायन्स जोन चेयरपर्सन अरुण पन्थीले बताए । कार्यक्रममा ५० वटा विरुवाहरु रोपिएको पन्थीले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक एडभाइजर नेत्र प्रसाद आचार्यले वृक्षारोपणले वातावरण संरक्षणमा मद्दत पुग्ने बताए । उनले रोपिएका विरुवाहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

    गोविन्द बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा लायन्स कलस्टर चिफ दुर्गा शर्मा आचार्य, जोन चेयरपर्सन अरुण पन्थी, लायन्स क्लब अफ भलवारीका अध्यक्ष भरत खरेल, कार्यक्रम संयोजक जीवन भट्टराई, जनप्रतिनिधि सीता गौतम, संजय आचार्य, मोक्षधामकोतर्फबाट वेद प्रसाद न्यौपाने, सचिव कृष्ण प्रसाद पाण्डे, लियो क्लबका अध्यक्षहरु सामना केसी, आकर्षक बस्याललगायतको उपस्थिति रहेको थियो । 044e4e13-8074-4609-81d5-5a8a3c1de7c1.jpeg