२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अबको दुई वर्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउँछ : गगन थापा

शनिवार , श्रावण ५, २०८१

काठमाडौं, ५ साउन ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा कांग्रेसको तर्फबाट तलमाथि नहुने स्पष्ट पारे ।

उनले अबको दुई वर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे । थापाले यसअघि एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटी देखिएकाले मुलुकलाई स्थिरता दिनका लागि ठूला दलहरु एक ठाँउ आउनुपरेको जिकिर गरे । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।

उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन अवसर प्राप्त भएकाले यसमा गम्भीर भए अघि बढ्नुपर्ने उल्लेख गरे ।