
शनिवार , श्रावण ५, २०८१
काठमाडौं, ५ साउन ।
पूर्वप्रधानमन्त्री अध्यक्ष डा. बाबराम भट्टराईले पुराना विचारलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा डा. भट्टराईले मुलुकको परिवर्तनमा पुराना विचारको योगदान रहेकाले त्यसलाई सम्मान गर्दै नयाँ विचारका आधारमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले दुई–चार जना मिलेर नयाँ पार्टी खोल्दैमा वैकल्पिक शक्ति नहुने भन्दै नयाँ र सही विचारमा आधारमा वैकल्पिक शक्तिलाई परिभाषित गर्नुपर्ने जिकिर गरे ।
सही विचार र नीति लिन नसके नयाँ भनिएका शक्तिहरु विस्तारै हराउँदै जाने उनको भनाइ छ । भट्टराईले सुगौली सन्धीदेखि खुला सीमानामा कारण अर्थतन्त्रमा भारतसँग प्रतिष्पर्धा गर्न नसक्ने र असमान सन्धीलाई नसच्याएसम्म पनि नेपालको विकास नहुने पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij