२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्व हिन्दू परिषद् रुपन्देहीको अध्यक्षमा गोपाल उपाध्याय

शनिवार , श्रावण ५, २०८१

भैरहवा, ५ साउन ।
विश्व हिन्दू परिषद् नेपाल लुम्बिनी सम्भाग भैरहवा विभागको प्रशिक्षण तथा योजना बैठक सम्पन्न भएको छ । शुक्रबार र शनिबार रुपन्देहीको बुटवलमा भएको बैठकले गोपाल उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शशिकान्त उपाध्याय, सचिवमा रजजित हलुवाइ र कोषाध्यक्षमा दिपचन्द्र अग्रहरी रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा दीपक सापकोटा, बिकल चन्द्र जैसवाल लगायत रहेका छन् ।

विश्व हिन्दू परिषद् नेपालका केन्द्रीय महासचिव जितेन्द्र सिंहको प्रमुख आतिथ्यता, राजन उपाध्याय, युगल किशोर पाण्डेलगायतको आतिथ्यता तथा धनुषधारी पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको गोपाल उपाध्यायले बताए । कार्यक्रममा वक्ताहरुले देश र धर्मको रक्षा गर्नु अहिलेको प्रमुख कार्य रहेकोमा जोड दिएका थिए ।