२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्छ : महामन्त्री शर्मा

शनिवार , श्रावण ५, २०८१

काठमाडौं, ५ साउन ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले वैकल्पिक राजनीतिक प्रवृतिलाई स्थापित गर्न नसक्दा विकल्प भनिएका दलहरु पनि स्थापित हुन नसकेको धारणा राखे ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने उनले बताए । उहाले विगतमा ओलीविरुद्ध उठाएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारे ।

उनले नयाँ सरकारले देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नका लागि सवै दलहरुसँग समन्वय गर्न सक्नुपर्ने धारणा राखे ।