
आइतवार , फाल्गुण १६, २०७७
बुटवल, १६ फागुन। रुपन्देहीको सैनामैना—१ बर्मा चोकमा दुईवटा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एक साईकल यात्रीको ज्यान गएको छ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको दुईवटा मोटरसाईकलले साईकललाई ठक्कर दिदा साईकल यात्रीलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ।
लु ४५ प ४७९१ नम्बरको मोटरसाईकलले साईकल यात्रुलाई पहिलो ठक्कर दिएको र तिब्र गतिमा आएको लु १५ प ५५६१ नम्बरको अर्को मोटरसाईकलले थप दोश्रो ठक्कर दिंदा यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।
रन्यौरा प्रहरी चौकी मुर्गियाका अनुसार घाईते भएका मोटरसाईकल चालक र त्यसमा सवार अन्य घाईतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। ठक्कर दिने दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij