२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लियो सिद्धार्थनगर प्रोग्रेसिभद्वारा वृक्षारोपण तथा सरसफाई

शनिवार , श्रावण ५, २०८१

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, ५ साउन ।
    लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले वृक्षारोपण, वातावरण सम्बन्धि सचेतना र सरसफाई कार्यक्रम गरेको हो । क्लबको वर्ष २०२४/०२५ अन्तर्गत शनिबार पहिलो कार्यक्रम गरेको अध्यक्ष भरत कार्कीले बताए ।

    क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित मुक्तिधाममा उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक राहुल ठाकुरले जानकारी खिए । कार्यक्रममा ५१ वटा विरुवा रोपिएको उनले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लियो डिष्ट्रिक प्रेसिडेण्ट श्रद्धा कुंवरले लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले रचनात्मक कार्य गर्दै आएको बताइन् ।

    कार्यक्रममा विशिष्ट अथिथि लियो सिनियर डिष्ट्रिक एडभाइजर तथा लियो प्रोग्रेसिभ सिद्धार्थनगरका सिनियर एड्भाइजर सरोज ठकुरी, मुक्तिनाथ धाम व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम यादव, लियो एरिया–२ का एरिया चिफ मनिष ढकाललगायतले भनाइ राखेका थिए ।

    लियो प्रोग्रेसिभ सिद्धार्थनगरका सह–सचिव कमल घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष सागर न्यौपाने, मिलन पौडेल, कोषाध्यक्ष सुनिल खनाल, निर्देशक सन्नी सिंह, सुमित पौडेल, संजय अधिकारी, कविता भण्डारी, प्रशंसा भण्डारी, शुशान्त पौडेलको लगायतको उपस्थिति रहेको थियो ।

    452016580_7749991071753061_4560105085136763321_n.jpg
    \