२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वीकार गर्न हिम्मत नगर्नेहरु सुधार गर्न सक्दैनन् : प्रजिअ अर्याल

शनिवार , श्रावण ५, २०८१

भैरहवा, ५ साउन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वीकार गर्न हिम्मत नगर्नेहरु सुधार गर्न नसक्ने बताएका छन् । उनले कमीकमजोरी स्वीकार गर्न नसक्नेहरु सुधारको बाटोमा अघि बढ्न नसक्ने बताए ।

लिडरसीप स्किल्स डेभलमेन्ट टे«निङ (एलएसडीटी) अन्तर्गत १२३ औं श्रृंखलामा विद्यार्थीसँग सिडियो कार्यक्रममा प्रमुख वक्ता प्रजिअ अर्यालले यस्तो बताएका हुन् । उनले हरेक ठाउँमा समस्या रहेको तर समस्या मात्र नभइ सकारात्मक पाटो पनि रहेको बताए । उनले भने, ‘अमेरिकामा पनि समस्या छ । तर, समस्या समाधानका बिन्दुहरु पनि छन् ।’

उनले सुधार गर्छौं भन्ने प्रतिवद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले अहिलेको पुस्ता यो देशको सबैभन्दा भाग्यमानी पुस्ता भएको बताए । आफ्नो बाल्यकालको स्मरण गर्दै प्रजिअ अर्यालले विद्यालयबाट फर्कदा खाजा नास्ता खान दाउरा बोकेर घर पुग्नुपर्ने अवस्था रहेको बताए । 

उनले भने, ‘तपाईको पेशाले तपाईलाई भित्री रुपमा सन्तुष्टी दिनुपर्छ । तपाईले आफ्नो पेशाप्रति गर्व गर्नुपर्छ । आफ्नो पेशाप्रति गर्व गर्न सकिएन भने त्यो पेशाप्रति न्याय हुँदैन । ’ उनले सबैले आ–आफ्नो गन्तव्य स्पष्ट पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवारीको नाममा पद मात्र ओगट्ने काम गर्नुहुँदैन ।’  ‘उनले माई जब, मलाई ह्यापिनेस’ विषयमा बोलेका थिए । 

एलएसडीटीका संस्थापक तथा प्रमुख प्रशिक्षक विजय पाण्डेले एलएसडीटी एउटा साधनाको कक्षा भएको बताए । उनले जोकोही पनि तालिममा सहभागी हुन सक्ने बताए ।

तालिम व्यवस्थापन सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले विद्यारुपी धन सबैभन्दा ठूलो धन भएको बताए ।

होराइजन गौतमबुद्ध मा.वि. तिलोत्तमा–१ ड्राइभर टोलका प्राचार्य गोपाल आचार्यले सबै अपेक्षालाई एकैपटक पूरा गर्न नसकिने बताए । उनले अरुप्रति प्रश्न गर्दा आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ पनि सोच्नुपर्ने बताए ।

कार्यक्रम संयोजक स्तुति पौडेलले व्यक्तित्व विकास गर्न एलएसडीटीमा आफूहरु जोडिएको बताइन् । उनले तालिमले सकारात्मक उर्जा प्रदान गर्दै आएको बताइन् ।

एलएसडीटी युथका संयोजक तथा १२३ औं श्रृखंलाका अध्यक्ष प्रशान्त ज्ञवालीले स्वीकार्यताले सुधार हुने बताए ।

सम्पदा गौतमको सञ्चालनमा भएको कार्यक्रममा गोविन्द प्रसाद गिरी, झबिन्द्र बेल्बासेलगायतले भनाइ राखेका थिए । 

IMG_7471.JPG

‘हाम्रो प्रयास, तपाईको अभ्यास’ भन्ने मूल नाराका साथ प्रत्येक शनिबार एलएसडीटी तालिम भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन हुँदै आएको छ ।