
आइतवार , श्रावण ६, २०८१
काठमाडौं, ६ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए भने उनी असार ३० गते प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुईतिहाइ बहुमत पुराउने कसरतमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij