
आइतवार , श्रावण ६, २०८१
भैरहवा, ६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले डस्टबीन वितरण तथा वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिरमा उक्त कार्यक्रम गरेको हो । शिव मन्दिरसँगै नगरभित्र रहेका विभिन्न मन्दिरहरुमा डस्टबीन वितरण गरिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष संजोग राज तिवारीले बताए ।
उनले भने, ‘साउन महिना वर्षाऋतुको पहिलो महिना हो । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना भएकोले बोटविरुवा रोपेमा छिटो हुर्कने भएकाले क्लबले यो कार्यक्रम गरेको हो । उनले डस्टबीनले मन्दिरको फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्लबले वातावरण संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले वातावरण स्वच्छ राख्न घरबाटै सुरुवात गर्नुपर्ने बताए । उनले मन्दिरमा फोहोरमैला व्यवस्थापनका लागि लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले डस्टबीन वितरण गर्नु सराहनीय कार्य भएको बताए । उनले भने, ‘यो क्लबले पवित्र कार्य गरेको छ ।’
त्यस्तै ग्याट कोर्डिनेटर मीना पन्थीले वृक्षारोपणले वातावरणलाई स्वच्छ बनाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘विरुवा रोपेर मात्र हुँदैन । रोपिएको विरुवाहरुको संरक्षण गर्नुपर्छ । मन्दिर समितिलाई डस्टबीन वितरण गर्नु सराहनीय रहेको बताए ।’
कार्यक्रममा शिव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर कुंवरलाई डस्टबीन हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष संजोग राज तिवारीको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका कोषाध्यक्ष राम मनोहर जयसवालको स्वागत तथा क्लबका सचिव भुवन शर्माको सञ्चालनमा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मिलन विश्वकर्मा, ग्याट कोर्डिनेटर संगम न्यौपाने, डिष्ट्रिक एडभाइजर नेत्र प्रसाद आचार्य, डिष्ट्रिक डेपुटी चिफ विनय कसौधन, एरिया चिफ अभिनव मयूर कसौधन, कलस्टर चिफ दुर्गा शर्मा आचार्य, रिजन चेयरपर्सन तनु शर्मा कसौधन, जोन चेयरपर्सन सुनिल सेन्चुरीलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij