
आइतवार , श्रावण ६, २०८१
भैरहवा, ६ साउन ।
असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आइतबार शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुहरुको देनलाई स्मरण गर्दै हरेक हरेक वर्ष असार शुक्ल पुर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ ।
गुरु पूर्णिमाका अवसरमा काठमाडौंको गोल्फुटारस्थीत श्रीमुक्तिनाथ सेवाश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
हिन्दु धर्मावलम्वीहरुले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहश्रनामका रचयीता तथा वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरु पूर्णिमाका रुपमा मनाउने गरेका हुन् ।
आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङग पढाएकाले व्यासलाई प्रथम तथा सर्वश्रेष्ठ गुरु मानिन्छ । हिन्दु मान्यता अनुसार संगीत लगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा, मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल र अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता–माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका पनि गुरुकै कोटीमा पर्दछन।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको मुक्तिपीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij