२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा

आइतवार , श्रावण ६, २०८१

भैरहवा, ६ साउन । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्री महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिए पनि उनी त्यो प्रक्रियामा गएनन् ।

आइतबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे ।

‘यहाँ छलफल नै गर्न नपाउने ? को मुख्यमन्त्री बन्ने ? मन्त्री को बन्ने ? भन्ने विषयमा प्रदेशलाई कुनै अधिकारै छैन, यसको विरुद्ध आफ्नो पार्टीमा गम्भीर बहस गरौं भन्ने मेरो सुझाव हो । यहाँ हामी दोषी छैनौ, यो यहाँको कारणले फेरबदल भएको होइन भन्ने लागेको छ’, महराले भने ।