२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१० लाख विरुवा लगाउने अभियान : तनहुँमा वृक्षरोपण

आइतवार , श्रावण ६, २०८१

भैरहवा, ६ साउन ।
मुलुकभर १० लाख विरुवा लगाउने अभियान अन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर ११ मा वृक्षरोपण गरिएको छ । लुम्बिनी विश्व शान्ति मन्चको सक्रियता र कम्युनिटी लिडरसीप नेपालको सहकार्यमा श्री त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा आइतबार वृक्षरोपण गरिएको हो ।

भानु नगरपालिकाका प्रमुख (मेयर) आनन्दराज त्रिपाठीले वृक्षरोपण सुरुवात गरेका हुन् । सो अवसरमा नगरप्रमुख त्रिपाठीले भानु नगरपालिकालाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे । 

कार्यक्रममा आँप, लिची, अम्बा, बयर, स्टारफ्रुट र जामुन प्रजातिका गरी १०३ वटा विरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए । कार्यक्रममा ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले सहयोग गरेका थिए ।

लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म मुलुकभर रोपेको १ लाख बढी विरुवा हुर्किसकेको लुम्बिनी विश्व शान्ति मन्चका संस्थापक अध्यक्ष बासु गौतमले जानकारी दिए । मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सञ्चालन गर्दै आइरहेको गौतमले बताए ।

WhatsApp Image 2024-07-21 at 2.36.53 PM.jpeg
WhatsApp Image 2024-07-21 at 2.36.07 PM.jpeg