२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेका छौं : वर्षमान पुन

आइतवार , श्रावण ६, २०८१

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव  वर्षमान पुनले प्रतिपक्षीमा हुँदा विभिन्न प्रकरणमा कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका  छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा पुनले नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कांग्रेसले उठाएका विषयको जवाफको अपेक्षा गरेको बताएका हुन् ।

उनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने आशंका व्यक्त गर्दै नेता र राजनीतिक दलले देश चलाउनुपर्नेमा जोड दिए ।

आफु र आफु भन्दा अघिको अर्थमन्त्रीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न खोज्दा बिचौलिया हावी भएको भन्दै अवको अर्थमन्त्रीको कदमलाई नियाल्ने उनले बताए । उनले अहिले संविधान संशोधनको विषय खराव मौसममा बदनियतपूर्ण रुपमा आएको आशंका पैदा भएको धारणा राखे । उनले साना दल र समानुपातीक निर्वाचन प्रणालीका कारण मुलुकको बिकास हुन नसकेको तर्क सहि नभएको भन्दै पश्चगमनका लागि कथित स्थीरताको कुरा गरिएको बताए । .

उनले बजेटले सम्बोधन नगरेको कुरामा भाषण गरेर जनतालाई झुक्याउने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।