
आइतवार , श्रावण ६, २०८१
काठमाडौं, ६ साउन । बीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालयमा केन्द्रीय पुस्तकालयको शुभारम्भ गरिएको छ ।
आइतबर पार्टी कार्यालयमा कांग्रेसका सभापति शेर बहादुर देउवाले उक्त पुस्तकालयको शुभारम्भ गरेका हुन् । पुरस्कालयमा ३० हजार भन्दा बढि पुस्तक रहेको र जोकोहि पनि गएर अध्ययन गर्न सकिने कांग्रेसले जनाएको छ ।
पुस्तकालय शुभारम्भ गर्दै कांग्रेस सभापति देउवाले राजनीतिका साथै साहित्यीक क्षेत्रमा बिपी कोइरालाको योगदानको चर्चा गरे । उनले कांग्रेसका बारेमा धेरै कुराहरु जान्नका लागि पनि पुस्तकालयले ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस्कालयमा बीपी कोइरालाले हातले लेखेको चिठ्ठी लगाएतका महत्वपूर्ण दस्तावेज राखिएको जानकारी दिए । उनले कांग्रेसभित्र पठन संस्कृतिलाई अभिन्न अङ्ग बनाउनुपर्ने भन्दै पुस्तकालयमा अझै धेरै पुस्तक थप्दै जाने बताए ।
उनले पुस्तकालयमार्फत अध्ययनका लागि नयाँपुस्तालाई प्रेरित गर्न चाहेको धारणा राखे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij