
आइतवार , श्रावण ६, २०८१
काठमाडौं, ६ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुईतिहाइको विश्वास प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले दुईतिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन् ।
प्रतिनिधि सभामा उपस्थित २६३ मध्ये १ सय ८८ सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिएका थिए भने विपक्षमा ७४ मत परेको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले तटस्थ मत दिएको थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्राप्त गर्नुभएको मत सदनको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरे ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमालेका साथै जनता समाजवादी पार्टी नेपाल, जसपा , जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलले साथ दिएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मत दिएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij