२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

सपोर्टिङ्ग हेण्डस् : अविनाश आश्रमका बालबालिकाको जन्मदिन मनाउँदै

आइतवार , श्रावण ६, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ६ साउन ।
    सपोर्टिङ्ग हेण्डस्ले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा रहेका बालबालिकाहरुको जन्मदिन मनाइदिने भएको छ । ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ सपोर्टिङ्ग हेण्डस्ले आश्रममा रहेका प्रत्येक बालबालिकाको जन्मदिन मनाउने अध्यक्ष सुशिल कुमार सिंघलले बताए । शनिबार (हिजो) देखि जन्मदिन मनाउन सुरु गरिएको सिंघलले जानकारी दिए । उनले भने, ‘आश्रममा रहेका १९ वटै बालबालिकाको जन्मदिन मनाउनेछौं ।’

    केक काट्नुका साथै बालबालिकालाई उपहारस्वरुप चकलेट, कपडासहित विभिन्न सामग्री प्रदान गरी जन्मदिन मनाइने कार्यक्रम संयोजक सन्दिप नाथ गोंगलले बताए । त्यस्तै जन्मदिनको अवसरमा आश्रममा रहेका सम्पूर्ण बालबालिकालाई खाना समेत खुवाइने उनले जानकारी दिए । उनले भने, ‘मानौ कुनै बालबालिकाको जन्मदिन बुधबार परेको छ भने शनिबारको दिन हामी आश्रममा पुगेर जन्मदिन मनाउनेछौं । कुनै हप्ता एक भन्दा बढी बालबालिकाको जन्मदिन परेको अवस्थामा पनि शनिबारको दिन संयुक्त रुपमा मनाउनेछौं ।’

    आश्रममा रहेका बालबालिकाको मुहारमा केही हाँसो देख्न पाइयोस् भन्नका लागि यो कार्यक्रम सुरुवात गरिएको उनले बताए ।

    शनिबार भएको बर्थ डे सेलिब्रेसन कार्यक्रमम आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, सतिश कुमार कौसल (दीपक), संगम न्यौपाने, राजेन्द्र थापालगायतको उपस्थिति रहेको थियो।

    WhatsApp Image 2024-07-21 at 12.14.53 PM.jpeg
    WhatsApp Image 2024-07-21 at 12.14.53 PM.jpeg