२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सञ्चार माध्यममा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्छ : मन्त्री भट्टराई

सोमवार , श्रावण ७, २०८१

काठमाडौं, ७ साउन । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारितादेखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताइन् ।

सञ्चार माध्यममा राजनीतिका विषयमा समाचार संकलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी उनले बताइन् । सञ्चार माध्यममा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भन्दै उनले महिला सहभागीता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन् ।

त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताए । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडिया हाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्ने धारणा राखे ।