
सोमवार , श्रावण ७, २०८१
काठमाडौं, ७ साउन ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन् । बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले कांग्रेसको नेतृत्वमा वर्तमान नयाँ संविधान जारी भएको भन्दै जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्ने बताएका हुन् ।
उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको इच्छा पूरा गर्नका लागि ध्यान केन्द्रीत गर्ने उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तीन तहको सरकार अधिकारसम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको उनले बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij