
सोमवार , श्रावण ७, २०८१
भैरहवा, ७ साउन । जेसीआई सिद्धार्थ लेडी नेपालले महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत ओमसतिया–२ पड्सरी बस्ने २२ वर्षिय कौशिल्या हरिजनको उपचारको लागि आर्थिक सहयोग गरिएको सस्थाको अध्यक्ष संगिता आचार्यले जानकारी दिइन् ।
हरिजनको उपचारको लागि सहयोग पुगोस भन्ने उद्देश्यले २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिइन । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल नारालाई आत्मसात गर्दै उपचारमा रहेकी हरिजनलाई सहयोग गरिएको संस्थाले जनाएको छ ।
जेसीआई सिद्धार्थ लेडीले आपसमा सहयोग जुटाएर हरिजनलाई उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक संगिता शर्माले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij