२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डेडिकेटेड र ट्रंकलाइनको विषयमा ममाथि अनावश्यक लाञ्छना लगाइयो : प्रधानमन्त्री ओली

सोमवार , श्रावण ७, २०८१

काठमाडौं, ७ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रुपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइनको विषयमा आफूलाई अनावश्यक रुपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गरे । उले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभावी नबोल्न चेतावनी दिए । 

उनले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए । ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छ रुपमा बिताउने जिकिर गरे । कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्न समेत उनले चेतावनी दिए । ओलीले सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लािग आएको जिकिर गरे ।

प्रधानमन्त्रीले धारणा राखिरहदा नेकपा (माओवादी केन्द्र) का सांसद बर्वामान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको विषयमा बोलेको भन्दै नियमापति गरे । त्यसपछि 
सभामुख देवराज घिमिरेले विषयमा केन्द्रीत भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गरे । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रीत रहेको जिकिर गरे । आफूले कसैलाई गालीगलौज नगरेको र सचेत मात्रै गराइएको उनले बताए ।