२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक छ : पूर्वसांसद क्षेत्री

सोमवार , श्रावण ७, २०८१

  • 814
    Shares
  • 814
    Shares
  • काठमाडौं, ७ साउन । 
    लुम्बिनी प्रदेश पूर्वसांसद निर्मला क्षेत्रीले जनताको भरोसा जित्न अब पार्टीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    पूर्वसांसद क्षेत्रीले देशमा भविष्य अन्धकार देखेर रोजगारीको सिलसिलामा दिनप्रतिदिन विदेशिन बाध्य युवाहरुलाई देशमै रोक्न सकेमा देशले मुहार फेर्ने बताइन् । उनले भनिन्, ‘त्यसको लागि हामीहरूले देशमै कृषि तथा रोजगारीका अवसरहरु सिर्जना गर्न आवश्यक छ । कृषि तथा रोजगारीको माध्यमबाट देशको उत्पादकत्व बढन गइ देशको विकास हुन सक्छ ।’

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पूर्व सचेतक समेत रहेकी क्षेत्रीले अबको सरकारले महिला अधिकारलाई सुनिश्चित गर्नुको साथै शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् । उनले वर्तमान सरकारबाट जनताले ठुलो आशा र भरोसा गरेको बताइन् । देशमै आर्थिक उन्नति, रोजगारी सिर्जना गर्ने वातावरण वर्तमान सरकारले बनाउनुपर्नेमा उनले जोड दिइन् ।

    उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले गरेका थिए भने स्वागत अन्जना श्रेष्ठले गरेकी थिइन् ।