
सोमवार , श्रावण ७, २०८१
भैरहवा, ७ साउन ।
नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन ५६ सांसदहरूको हस्ताक्षरसहितको दावी पेश भएको छ ।
रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सोमबार एमालेका २९ तथा नेपाली कांग्रेसका २७ जना सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज साँझ साढे ६ बजेसम्मको समय तोकेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij