
सोमवार , श्रावण ७, २०८१
भैरहवा, ७ साउन ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेचरनले सोमबार नेकपा (एमाले) संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय बुटवल, रुपन्देहीकी प्रवक्ता धर्मा अर्यालय बेल्वासेले बताइन्।
आचार्यले नेकपा एमालेका २९ जना र नेपाली कांग्रेसका २७ सहित ५६ जना सांसद् समर्थनसहित दावी पेश गरेका थिए । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । अर्घाखाँची १ (१) बाट दोस्रोपटक निर्वाचित सांसद आचार्य यसअघि तीनपटक मन्त्री भइसकेका थिए ।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij