
मंगलवार , श्रावण ८, २०८१
भैरहवा, ८ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर परिसरमा वृक्षरोपण गरेको हो । साउन महिनाको पहिलो सोमबार मन्दिर परिसरमा ६० वटा अशोकाको विरुवा रोपिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले बताए । शिव मन्दिर व्यवस्थापन समितिले विरुवाको संरक्षण गर्ने गरी क्लबले वृक्षरोपण गरेको जैसीले जानकारी दिए । रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध, इन्ट्रयाक्ट क्लब अफ काशी नोबल एकेडेमी र इन्ट्रयाक्ट क्लब अफ श्री गौतमबुद्ध सेकेण्डरी स्कूलको सहकार्यमा कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का सर्भिस प्रोजेक्ट को–चेयर हिरा बहादुर शाहले वातावरणलाई स्वच्छ र हराभरा राख्न रुख विरुवा आवश्यक रहेकोले वृक्षरोपण गर्नुपर्ने बताए ।
त्यस्तै शिव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर कुंवरले मन्दिर परिसरमा वृक्षरोपण गरेको भन्दै रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरलाई धन्यवाद दिए ।
कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सर्जेन्ट एट आम्र्स (सेकेण्ड) रोहित मान शाक्यको स्वागत तथा क्लबका सह–सचिव सुरज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij