
मंगलवार , श्रावण ८, २०८१
भैरहवा, ८ साउन ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले वृक्षरोपण कार्यक्रम गरेको छ । साउन महिनाको पहिलो सोमबारको अवसरमा वृक्षरोपण गरेको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष राजन शुक्लाले बताए । क्लबले सिद्धार्थनगर नगरपालिका–४ कचरिहवा (स्टाक टोल) स्थित श्री कालीमाई मन्दिर परिसर र त्यस आसपास क्षेत्रमा गरी सोमबार ४६ वटा विरुवा रोपिएको शुक्लाले बताए ।
क्लबले आईसीसी टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकासँगको खेलमा नेपाली राष्ट्रिय टोलीले बनाउने प्रत्येक १ रन बराबर १ विरुवा रोप्ने घोषणा गरेको थियो । उक्त खेलमा नेपालले ११४ रन बनाएकोले ११४ वटा विरुवा रोप्ने अभियान अन्तर्गत सोमबार वृक्षरोपण सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर अरुण कुमार मिश्रले वृक्षरोपण महत्वपूर्ण कार्य भएको बताए । उनले रोपिएको विरुवाहरुको संरक्षणमा ध्यान दिन आग्रह गरे ।
क्लबले वर्ष २०२४/०२५ अन्तर्गत पहिलो कार्यक्रम वृक्षरोपणबाट सुरु गरेको कार्यक्रम संयोजक तथा क्लबका मानार्थ सदस्य उमाशंकर पाठकले बताए ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष विनित उपाध्याय, द्वितीय उपाध्यक्ष नारायण प्रसाद कोइराला, कोषाध्यक्ष ललित किशोर गुप्ता (सुमित जयसवाल), सह–कोषाध्यक्ष राम नारायण ठाकुर, मार्केटिङ चेयरपर्सन हृदयराम गुप्ता, सदस्य दीपक सापकोटा, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन) रुपन्देहीका सह–कोषाध्यक्ष सन्तोष शुक्ला, लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij