२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मनसुनजन्य बिपद्का कारण १४४ जनाको मृत्यु, ४८ बेपत्ता

मंगलवार , श्रावण ८, २०८१

काठमाडौं, ८ साउन । मनसुनजन्य बिपद्का कारण यस बर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री रमेश लेखकले यस बर्ष मनुसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजार भन्दा बढि परिवार विस्थापीत हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाइ राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए । उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको उल्लेख गरे ।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको बिषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

उनले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि बताए।