२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजियो : सांसद किराँती

मंगलवार , श्रावण ८, २०८१

काठमाडौं, ८ साउन ।
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै किराँतीले संख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।

उनले विभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिनेको भाषण जगतलाई मुर्ख बनाउने काम मात्रै भएको तर्क बताए ।

पूर्वमन्त्री समेत रहेका किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए । उनले अघिल्लो सरकारले अघि बढाएको छानबीन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउँदैन भन्दै प्रश्न समेत गरे ।