
मंगलवार , श्रावण ८, २०८१
काठमाडौं, ८ साउन ।
नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री पदम गिरीले डेडिकेटेड तथा ट्रंक लाइनका नाममा वर्षौसम्म समस्यामात्रै देखिएकाले वर्तमान सरकारले समाधानको पहल लिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै गिरीले डेडिकेटेड तथा ट्रंक लाइनको वक्यौता समस्या समाधान गर्न खोज्दा आम जनतालाई भ्रम छर्ने गरी विपक्षी प्रस्तुत भएको भन्दै आपत्ति समेत जनाए ।
उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको टिओडि मिटरको बिल प्राधिकरणले दिन नसकेको र पूर्वाग्राही ढंगले लाइन काटिएको आरोप समेत लगाए ।
उनले व्यवसायीहरुले तिर्नुपर्ने रकम पनि यसअघि प्राधिकरणले नियतबस नउठाएको जिकिर गरे । उनले प्राधिकरणले टीओडी मिटरको यकिन तथ्यांक दिन नसकेको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij