२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जनताको अधिकार कटौती गरेर मुलुकमा स्थीरता र बिकास हुँदैन : शक्ति बस्नेत

मंगलवार , श्रावण ८, २०८१

काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले जनताको अधिकार कटौती गरेर मुलुकमा स्थीरता र बिकास नहुने बताएका छन् । 

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले अहिले अनावश्यक रुपमा संविधान संशोधनका कुरा निकालिएको भन्दै जनताको अधिकार कटौती गरेर मुलुकमा स्थीरता र बिकास नहुने बताएका हुन् । उनले वर्तमान सरकारको जनविरोधी, परिवर्तन विरोधी, शान्ति विरोधी हर्कतको खवरदारी गर्ने र संविधानको कार्यान्वयनका लागि उचित वातावरण बनाउने जिम्मेवारी माओवादीको काँधमा आएको धारणा राखे । उनले अहिलको सत्ता गठबन्धनलाई बाहिरबाट नियाल्ने भन्दै अहिले सरकारमा जाने कुरा माओवादीको प्राथमिकताको बिषय नरहेको बताए । 

उनले परिवर्तन विरोधीको खवरदारी गर्दै पार्टीलाई जनतासमक्ष जोडेर अघि बढ्ने उल्लेख गरे ।