
आइतवार , फाल्गुण १६, २०७७
बुटवल, १६ फागुन ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्षसहित दुईजना पूर्वअध्यक्ष र दुईजना सल्लाहकारले रामप्रसाद गौतम नेतृत्वको टिमलाई समर्थन जनाएका छन् । संघका वर्तमान अध्यक्ष समुन्द्र जिसी, पुर्व अध्यक्षद्वय माधव नेपाल र महेन्द्र श्रेष्ठ तथा सल्लाहकारहरु कुलचन्द्र पाण्डे र देवीकुमार श्रेष्ठ गौतम नेतृत्वको प्यानलको पक्षमा उभिएका हुन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै संघका पुर्व वरिष्ठ उपाध्यक्ष गौतम नेतृत्वको टिमलाई विजयी बनाउन पनि व्यवसायीहरुमा अपिल गरेका छन् ।
संघको नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । १९ सदस्यीय नेतृत्व चयनका लागि संघमा आवद्ध ८ सय व्यवसायीले मतदान गर्दैछन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहनलाल पाण्डे, द्वितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंकप्रसाद पराजुली र सह-कोषाध्यक्ष देवराज ढकालले उम्मेदवारी दिएका हुन् ।
त्यसै गरी सदस्यहरुमा राजन ज्ञवाली, तुलसीराम पराजुली, डिल्लीराज अर्याल (दीपक), टंकप्रसाद पोखरेल, मोहन बस्याल, राम बहादुर न्यौपाने, माधव ढकाल, पिताम्बर राना, थम्मन बहादुर भण्डारी र अर्जुन पोखरेल रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij