
मंगलवार , श्रावण ८, २०८१
भैरहवा, ८ साउन ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार (भोली) हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ कार्यक्रम तय गरिएको छ । रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुनेछ ।
प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आचार्य एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij