२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नियम अनुसार विद्युत वक्यौता उठाइनेछ : प्रधानमन्त्री ओली

मंगलवार , श्रावण ८, २०८१

भैरहवा, ८ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार उद्योगहरुको विद्युत वक्यौता उठाइने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।  उनले यस विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् ।

‘हामीलाई उद्योगहरुबाट वक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ, ’उनले भनेका छन् ।