२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीको लाग्यो टुंगो

मंगलवार , श्रावण ८, २०८१

भैरहवा, ८ साउन । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशमा मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेससँग भागबण्डा गर्दा एमालेको भागमा मुख्यमन्त्री र चारवटा मन्त्रालय परेको छ । मन्त्री हुनेहरुमा यसअघि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री बन्नेछन् भने उक्त मन्त्रीपरिषदका २ जना बाहिरिने छन् ।

यसपटक मन्त्री दोहोरिनेमा भुमिश्वर ढकाल र दिनेश पन्थी हुन् । । ढकाल यसअघि जोख बहादुर महराको नेतृत्वको सरकारमा शहरी विकास मन्त्री थिए भने पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री थिए । 

त्यसै गरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्री हुने निश्चित भएको छ । मन्त्री हुनेहरु ढकाल रूपन्देही ५ (१), पन्थी गुल्मी २(२), सारु पाल्पा १ (२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् ।

नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार (भोली) पद तथा गोपनीयताको सपथ लिनेछन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेका अनुसार बुधबार बिहान ८ः३० बजे शपथ कार्यक्रम तय गरिएको छ । रुपन्देहीको बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम हुनेछ ।