२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लिला गिरीले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा

बुधवार , श्रावण ९, २०८१

भैरहवा, ९ साउन । 
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेता गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले राजीनामा पठाएको जानकारी दिए । उनले राजीनामा पठाए पनि स्वीकृत भएको जानकारी आफूले नपाएको बताए । ‘मैले अध्यक्ष कमरेडलाई राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएकोबारे मलाई जानकारी छैन, मलाई केही भन्नुभएको पनि छैन ’गिरीले भने ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । 

एमाले महासचिव शंकर पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।

लिला गिरी एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् । उनले रुपन्देही क्षेत्र नम्बर २ (१) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल निकट मानिन्छन् ।