२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

नेपाल मगर संघ बुटवलद्वारा वृक्षारोपण

बुधवार , श्रावण ९, २०८१

बुटवल, ९ साउन । 
नेपाल मगर संघ बुटवल उपमहानगर समिति, रुपन्देहीले बुटवल उपमहानगरपालिका–७ दीपनगर स्थित बाजेबजै थान परिसरमा वृक्षारोपण गरेको छ । बाजेबजै थानमा मंगलबार अशोका, गुलमोहर, टीक, धुपी, तेजपत्ता, अमला, वेगनवेली लगायत प्रजातिका करिब ५ सय विरुवा लगाइएको संघका बुटवल उपमहानगर अध्यक्ष बसन्ती साठिघरे मगरले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रमका प्रमूख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष एवं संघका बुटवल उपमहानगर निवर्तमान अध्यक्ष थर्क बहादुर बारघरे मगर, सल्लाहकारहरु इन्जिनियर गमप्रसाद रेस्मी मगर, गोपाल चौहान मगर, प्रेम गलामी मगर, संघका नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकीमगर लगायत पदाधिकारी तथा नेपाल मगर संघ बुटवल उपमहानगर १९ वटै वडाका अध्यक्ष एवं सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो । 

सोही अवसरमा बुटवल उपमहमनगरपालिका वडा नम्बर ८ निवासी ९६ वर्षीय वयोवृद्ध देउकली सारुमगरले आफ्नै सौजन्यमा धुपीका विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेकी थिइन् ।
वृक्षारोपण पश्चात आयोजित कार्यक्रममा बोल्दै संघका रुपन्देही जिल्ला अध्यक्ष थर्क बहादुर बारघरे मगरले पछिल्ला समय जलवायु परिवर्तनको व्यापक असर देखिन थालेकोले यसको असर न्यूनीकरणका लागि वृक्षारोपण गर्नुपर्ने बताए । विरुवा रोप्ने कार्य गरेर मात्र नपुग्ने बताउँदै उनले रोपिएका विरुवाहरुको संरक्षण आवश्यक रहेको बताए ।

brikchhyaropan 2.jpg

बुटवल उपमहानगरपालिका वडा नं ७ दीपनगर स्थित बाजेबजै थानमा यस क्षेत्रमा रहेका मगर समुदायले धार्मिक र साँस्कृतिक विश्वास र आस्थाको केन्द्रको रुपमा सदियौंदेखि पूजाआजा गर्दै आइरहेका छन् ।