२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो सिद्धार्थनगर युथद्वारा बाल गृहमा खाद्यान्न वितरण

बुधवार , श्रावण ९, २०८१

भैरहवा, ९ साउन ।
लियो क्लब अफ सिद्धार्थनगर युथले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ ।

क्लबले ‘हंगर रिलिभ प्रोग्राम’ अन्तर्गत तथा क्लबका सह–सचिव अभिषेक ठाकुरको जन्मदिनको अवसरमा मंगलबार कार्यक्रम गरिएको वर्ष २०२४/०२५ का अध्यक्ष सौरभ लाभले बताए । उनले भने, ‘क्लबको बालगृहसँग नाता छ । सामाजिक कार्य गर्दै आएको क्लबले आगामी दिनमा पनि यहाँ कार्यक्रमहरु गर्दै जानेछ ।’

कार्यक्रममा प्रमुख अतिथि क्लबका संस्थापक तथा लायन्स डिष्ट्रिकका डेपुटी चिफ धिरज कुमार मल्लिकले विभिन्न आरोह अवरोहकाबीच लियो क्लब अफ सिद्धार्थनगर युथ यहासम्म आइपुगेको बताए । उनले अध्ययनलाई निरन्तरता दिदै क्लबका आबद्ध सदस्यहरुले सामाजिक कार्यहरुलाई पनि अगाडि बढाएको बताए ।

लियो रिजन चेयरपर्सन सेजल मल्लिकले क्लबले बालगृहमा रक्षाबन्धन कार्यक्रम गर्दै आएको बताइन् । 

बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले समयसमयमा लियो सिद्धार्थनगर युथले बालगृहलाई सहयोग गर्दै आएको बताइन् । उनले भनिन्, ‘निराश भएको अवस्थामा यहाँहरुले हौसला प्रदान गर्नुभएको छ । ’ 

IMG_7776.JPG

कार्यक्रम संयोजक तथा क्लबका सह–सचिव अभिषेक ठाकुरको स्वागत तथा क्लबका सचिव आदर्श पण्डितको सञ्चालनमा भएको कार्यक्रममा निर्देशक समीक्षा बुढाथोकी, क्लब मेम्बरसीप चेयरपर्सन आस्था बज्राचार्य लगायतले बोलेका थिए ।