२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सौर्य एयरको विमान दुर्घटनाबारे प्रधानमन्त्री ओलीले लिए जानकारी

बुधवार , श्रावण ९, २०८१

काठमाडौं, ९ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  सौर्य एयरको विमान दुर्घटनाका बारेमा जानकारी लिएका छन् । बुधबार विमान दुर्घटना भएपछि घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाका बारेमा जानकारी लिएका हुन् । 

प्रधानमन्त्री ओलीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरेका हुन् । सो क्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबीन हुने बताए । दुर्घटना स्थलको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले प्राधिकरणको उद्दार समन्वय केन्द्रमा पुगेर आवश्यक व्रिफिङ लिएका थिए ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बिहान दुर्घटनामा परेको थियो ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार  १८ जनाको निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।