२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

साई ग्लोबलमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण

बुधवार , श्रावण ९, २०८१

भैरहवा, ९ साउन ।
साई ग्लोबल एकेडेमी साई ग्लोबल सेकेण्डरी स्कूल एण्ड कलेज सिद्धार्थनगर–८, रुपन्देहीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि भैरहवामा अभिमुखीकरण कार्यक्रम गरेको छ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा उत्तीर्ण भइ कक्षा ११ (विज्ञान र व्यवस्थापन संकाय) मा भर्ना भएका विद्यार्थीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले भैरहवा शिक्षा क्षेत्रमा धेरै अगाडी भएको बताए । उनले खराब मान्छेलाई असल बनाउन सक्नु राम्रो कुरा भएको बताए । उनले भने, ‘शिक्षामा शक्ति छ । ’

एकेडेमीका लेक्चरर लक्ष्मण ज्ञवालीले साई ग्लोबल रोज्ने विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद दिए । उनले शिक्षा जति धेरै लिन सक्यो त्यति नै यसले अज्ञानी र विद्वान बनाउने बताए ।

साई ग्लोबल एकेडेमीका प्रिन्सिपल डा. कौशलराज गौतमको अध्यक्षता, एकेडेमीका अध्यक्ष हरि बहादुर थापाको प्रमुख आतिथ्यता, प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलको विशिष्ट आतिथ्यता, विद्यालयमा कार्यरत पुष्पा रायमाझीको स्वागत तथा सञ्चारकर्मी एलिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

452378113_1110800813921166_1892246893044465827_n.jpg

कार्यक्रममा लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) का प्रमुख प्रशिक्षक विजय पाण्डे, वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले उत्प्रेरणात्मक भनाइ राखेका थिए ।

त्यस्तै कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।