
बिहिवार , श्रावण १०, २०८१
काठमाडौं, १० साउन ।
सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मुख्यसचिव बनाउने प्रस्ताव गर्नुभएको र पारित भएको गड्तौलाले बताए । आफू मुख्य सचिव भएपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महिलालाई मुख्यसचिव बनाएकोमा धन्यवाद दिइन् । उहाले मन्त्रिपरिषदमा महिलाका एजेण्डाहरु राम्रोसँग अघि बढिरहेको उल्लेख गरिन् ।
नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव नियुक्त हुँदा निकै जिम्मेवारी बोध भएको उनले बताइन् । उनले मुख्यसचिव आफूले कल्पना गरेको पद नभएको धारणा राखिन् । यसअघि उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij