२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

श्री नव दुर्गा मा.वि.का विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

सोमवार , फाल्गुण १७, २०७७

  • 7.0K
    Shares
  • 7.0K
    Shares
  • भैरहवा, १७ फागुन ।
    महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय भैरहवाले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

    सोमबार एक कार्यक्रमकाबीच २७० विद्यार्थीहरुको लागि उनीहरुको अभिभावकलाई पोशाक वितरण गरिको महालक्ष्मी विकास बैंक भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि बैंकले भैरहवाका विभिन्न विद्यालयहरुमा यस्तो कार्यक्रम गर्दै आएको गुप्ताले बताए ।

    विद्यालय पोशाक सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), बैंकका सञ्चालक समिति सदस्य राहुल अग्रवाल लगायतले अभिभावकहरुलाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले आफु वडाअध्यक्षमा निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढेको बताए । उनले विद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउनुपर्नेमा जोड दिए । वडाअध्यक्ष यादवले विद्यालयको विकासको लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरुलाई अगाडी बढाउने बताए ।

    विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गुरुचरन प्रजापतिले विद्यालयमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
    विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार गौडले श्री नव दुर्गा मा.वि. लाई नमूना विद्यालयको रुपमा अगाडी बढाउने बताए । उनले विद्यालयलाई अझ राम्रो बनाउन अभिभावको साथ आवश्यक रहने बताए । समाजसेवी दुर्गा प्रकाश गुप्ता, पर्शुराम यादव लगायतले बोल्दै वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले निर्वाचनमा प्रतिबद्धता गरेअनुसार काम गर्नुभएको बताए ।

    विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष श्रीराम बनियाको अध्यक्षता, सह–प्रधानाध्यापक गुणनिधि चिलुवालको स्वागत तथा शिक्षक रविनाथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।