२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

जहाज र बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन (तस्वीरहरु)

शुक्रवार , श्रावण ११, २०८१

भैरहवा, ११ साउन ।
बुधवार भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका र करिब दुई हप्तादेखि त्रिशूलीमा हराइरहेको बसका यात्रुहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरीस्थित एस.जी. डान्स स्टूडियोले बिहीबार साँझ दीप प्रज्जवलन कार्यक्रम गरेको हो ।

बस दुर्घटना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना तथा बाढी पहिरोबाट हुन गएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको एस.जी. डान्स स्टूडियोका प्रोप्राईटर जोगेन्द्र अग्रहरीले बताए । स्टुडियो परिसरमा दीप प्रज्जवलन गरिएको अग्रहरीले बताए । उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

बुधबार भएकोको सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने विमानका पाइलटलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । 

त्यस्तै गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा बस पहिरोमा परेर नदीमा खसे । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ ।  ३७ यात्रुसहित दुईवटै बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

हेर्नुहोस् तस्वीरहरु :

IMG_7814.JPG
IMG_7862.JPG
IMG_7847.JPG
IMG_7826.JPG
IMG_7816.JPG
IMG_7808.JPG
IMG_7830.JPG