२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मौद्रिक नीति सार्वजनिक

शुक्रवार , श्रावण ११, २०८१

भैरहवा । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने नीतिका साथ चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार बालुवाटारस्थीत राष्ट्र बैंक सभाहलमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको गभर्नर अघिकारीले बताए । 

त्यस्तै मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिएको छ भने वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको छ । आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले दावी गरे । 

मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्नेगरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिनेगरी मौद्रिक व्यवस्थापन गरिने उनकाे भनाइ छ । त्यस्तै उनले  कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्यका साथ मौद्रिक नीति ल्याइएको बताए । 

मौद्रिक नीति मार्फत संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको गभर्नर अधिकारले जानकारी दिए ।  

त्यस्तै सरकारको बजेटमा उल्लेख छ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फउन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको उनकाे भनाइ छ । अहिले देखिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति ल्याइएको गभर्नर अधिकारीले बताए ।