२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जहाज दुर्घटनाका मृतक परिवारलाई सक्दो सहयोग गर्छौं : सौर्य एयरलाइन्स

शुक्रवार , श्रावण ११, २०८१

भैरहवा, ११ साउन । बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतक परिवारलाई एयरलाइन्सले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सौर्य एयरलाइन्स प्रा.लि.ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधै रहने बताएको छ । 

प्रा.लि.का अध्यक्ष दीपक कमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटनामा परी ज्यान गुमाउनुहुने यति प्रतिष्ठित धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख छ । 
‘यस कम्पनीले मात्र होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनुपरेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष पोखरेलले सौर्य एयरलाइन्स प्रा.लि.को स्थापनाकालदेखि एउटै परिवारको रुपमा रही काम गर्दै आउनुभएका मित्र एवं सहयोगीहरुको साउन ९ गते बुधबार अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएको आफूहरु अत्यन्त मर्माहत र भावविह्वल भएको बताए । 

‘सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरुको निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष पोखरेलले उपचाररत क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

WhatsApp Image 2024-07-26 at 2.49.09 PM.jpeg

बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।