२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मौद्रिक नीति निकै सन्तुलित रुपमा आएको छ : नेपाल लघुवित्त बैंकर्स संघ

शुक्रवार , श्रावण ११, २०८१

काठमाडौं, ११ साउन । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलित रुपमा आएको प्रतिक्रिया दिएका छन् । 

केन्द्रीय बैंकले मौद्रीक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरि मौद्रिक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा रखे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिनेगरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरि नीति आएको उनको भनाइ छ । 

व्याजदर र सेवा शुल्कलाई पुनरावलोकन गरि व्यवस्थीत बनाउने कुरा पनि निकै राम्रो रहेको उनले बताए । उनले समस्यामा परेका ग्राहकहरुलाई बिशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।